धनुषामा श्रीमती हत्याका फरार आरोपित पक्राउ

काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान घटनामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, ०८१ साल फागुन १७ गते दिउँसो करिब १ बजे ४० वर्षीय यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जलीमाथि कुटपिट गरी घरबाट निकालेका थिए ।
त्यसपछि हरिराम करिब तीन/चार दिनदेखि सम्पर्कविहीन रहेको र उनको घरमा ताला लागेकाले स्थानीयवासीले शंका जनाउँदै प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनापछि खटिएको प्रहरी टोलीले हरिरामको घरको ताला फोडी जाँच गर्दा भुइँतलस्थित कुलदेवताको पूजाकोठामा नयाँ सिमेन्ट ढलान गरिएको पाइएको थियो ।
उक्त स्थानमा उत्खनन गर्दा करिव दुई फिटमुनिबाट नांगो अवस्थामा अञ्जलीको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि यादव करिब १० महिनाकी छोरीसहित फरार थिए । अञ्जलीका पिता शिवधारी यादवले आफ्ना ज्वाईं हरिरामविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति प्राप्त गरी खोजी जारी रहँदा बिहीबार (जेठ ८) बिहान करिब ९ बजे जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेसनबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
थप अनुसन्धान जारी रहेको र उनकी छोरीको पनि खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।









गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया