सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल र बोहोरालाई सम्मान

काठमाडौं । नेपाल पूर्व सशस्त्र प्रहरी संघले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी नायव निरीक्षक दन्त बहादुर छत्याल र पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोरालाई सम्मान गरेको छ ।
संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा जेठ ९ गते नायव निरीक्षक छत्याल र बोहोरालाई नगद पुरस्कार र सम्मानपत्रसहित सगरमाथा सफल आरोहणको बधाई दिनुएका छन् ।
कार्यक्रममा उनीहरुलाई अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ र सिंहबहादुर श्रेष्ठ लगायतले स्वागत तथा सम्मान गरे ।
यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेठ ८ गते प्रधान कार्यालयमा सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई एक तह बढुवाको दज्र्यानी चिन्ह प्रदान गर्नुकासाथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिनुभएको थियो । सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत छत्याललाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नती गरेको हो ।
नायव निरीक्षक छत्यालले जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए भने पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोराले गत बैशाख ६ गते बिहान ८ः५८ बजे सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए ।
सगरमाथा आरोहणको लागि नायव सशस्त्र प्रहरी निरीक्षक दन्तबहादुर छत्याल बैशाख १५ गते र पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोरा चैत २८ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
सम्मापन कार्यक्रममा पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।











पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया