गाजामा इजरायलकाे पछिल्लाे हमलामा १६ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको बताएको छ । त्यहाँ हालैका दिनहरूमा इजरायलले आफ्नो सैन्य आक्रमण बढाएको छ ।
‘मध्यरातदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमण’ बाट कुल १६ जनाको मृत्यु भएको एजेन्सीका अधिकारी मोहम्मद अल–मुगायरले बताए ।
अधिकारीका अनुसार मुख्यतया क्षेत्रको मध्य र दक्षिणमा आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् । इजरायलले दुई महिनाको युद्धविरामको अन्त्य गर्दै मार्च १८ मा गाजामा पुनः आक्रमण सुरु गरेको हो ।
बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले त्यसबेलादेखि यस क्षेत्रमा कम्तीमा तीन हजार छ सय १३ जनाको मृत्यु भएको र युद्धको कुल सङ्ख्या ५३ हजार सात सय ६२ पुगेको बताएको छ ।
आधिकारिक तथ्याङ्कमा आधारित एएफपी टोलीका अनुसार हमासको सन् २०२३ अक्टोबरको आक्रमणले सुरु गरेको युद्धमा इजरायलमा एक हजार दुई सय १८ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए ।
हमास लडाकूहरूले दुई सय ५१ जना बन्धकहरू पनि लिएका थिए । तीमध्ये गाजामा रहेका ५७ मध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया