पुर्व राष्ट्रपति भण्डारी आज चिन जाँदै

काठमाडौं । पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज उत्तरी छिमेकी देश चीन प्रस्थान गर्दैछिन् ।
शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उनी चीनको राजधानी बेइजिङ जान लागेकी हुन ।
उनी भोली बिहान विहान ११ः५ बजे राजधानी बेइजिङमा पुग्नेछिन् ।
पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।
पुर्व राष्ट्रपति भण्डारीले दुईवटा कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन । जसअनुसार चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने सोमवारको संवाद कार्यक्रम र शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा गरी दुईवटा कार्यक्रममा प्रमुख अतिथिका हैसियतमा सम्बोधन गर्नेछिन ।
सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका उच्च पदस्थ पदाधिकारीका बिचमा उनको भेटघाट हुनेछ । उनको टोलीमा उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रिय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनसहित १४ जनाको टोली हुनेछ ।









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया