शुक्रबार, मंसिर ५, २०८२

१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ, दिइयो सचिवको जिम्मेवारी

मेरोन्यूज २०८२ जेठ १२ गते १३:२७

काठमाडौं । नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे।

पार्टी समायोजनसम्बन्धी ५ बुँदे सम्झौता पत्रमा उनलाई माओवादीको केन्द्रीय सचिवको जिम्मेवारी दिने र अरुलाई सम्मानजनक जिम्मेवारी दिइने उल्लेख गरिएको छ।

२०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए ।

प्रतिक्रिया