आज २०८२ साल जेठ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १३ गते मंगलबार। जेठ कृष्ण पक्षको औंसी तिथि। शनिदेवको जन्म जयन्ती। तदनुसार सन् २०२५ मे २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : परीक्षामा र प्रतियोगितामा सफलता मिल्नेछ। नयाँ नोकरीको खोज पूरा हुनेछ। पारिवारिक जीवनमा सामन्जस्यपूर्ण वा पारिवारिक सदस्यमा एकता रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष :सामाजिक स्तरमा हजुरको लोकप्रियता बढ्नेछ। विद्यार्थी वर्गहरूको अध्ययनमा समय बित्नेछ। नोकरी वा पेशामा आफ्नो कार्यले प्रभावित पार्न सक्नुहुनेछ। आज मन्दिरमा दही दान गर्नुहोस् समाजमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : रोजगारबाट लाभ मिल्नु साथै नयाँ योजनाहरूमा लगानी लगाउनु पर्ला। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा जुठो आरोप लाग्ला। जीवनमा आलस्यलाई हावी हुन नदिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : व्यापार व्यवसायमा सफलता मिल्नेछ। नँया अनुबन्धहरू लाभदायी रहनेछन्। छात्रहरूलाई पढाइमा एकाग्रता हुन आवश्यक रहेको छ। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : तारिफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले सामाजिक जिम्मेवारी दिन सक्छ। नोकरी वा पेशामा नसोचेको अवसर मिल्नाले मन प्रफुल्लित रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या : रमाइलो भेटघाटको साथै दिगो कार्य प्रारम्भ हुनेछ। पहिला रोकिएका कार्यहरू बन्नेछन्। आम्दानी बढ्नाले मनमा उत्साह जाग्नेछ। श्रमको उचित मूल्यांकन पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
तुला :पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। आयस्रोत बढाउनको लागि मित्रहरूको सहयोग मिल्नेछ। आध्यात्ममा मन लाग्नेछ। गृहणीहरूलाई गृहकार्यमा धेरै समय व्यतीत गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक :हिम्मत गर्दा जटिल कार्य पनि सम्पादन गर्न सकिनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सल्लाहले लाभ मिल्नेछ। आयस्रोत बढ्नाले नयाँ कार्यतर्फ आकर्षित भइनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।
धनु : नतिजा कमजोर देखिनाले कार्य दोहोराएर गर्नुपर्ला। सम्भावना देखिए पनि सोचेजस्तो उपलब्धि प्राप्त नहोला। आहारविहारमा सजग रहनुहोस्। स्वास्थ्यलाई लिएर धन खर्चका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मकर :व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। मेहनतले छोटो समयमा उपलब्धि प्राप्त गर्न सकिनेछ। आवेशमा गरेका व्यवहारले समस्या निम्त्याउन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ :विगत को सफलताले थप कार्य गर्नमा हौसला मिल्नेछ। घरपरिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। अरुको मुख ताक्ने बानीले कार्य अधुरो रहला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मीन :छात्रहरूलाई नयाँ शिक्षा वा ज्ञान सिख्ने मौका मिल्नेछ। धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया