नवनियुक्त प्रदेश प्रमुखको अभिव्यक्तिप्रति गण्डकी प्रदेशका तीन दलको आपत्ति
मेरोन्यूज
२०७८ वैशाख २२ गते २०:१०
पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामुखविरुद्ध दिएको अभिव्यक्तिको प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन दलले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको संसदीय दलका नेताले आज संयुक्त विज्ञप्ति जारी गरी प्रदेश प्रमुखको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् ।
नवनियुक्त प्रदेश प्रमुख पौडेलले ‘सभामुखले प्रदेशसभालाई लथालिङ्ग पारेको र उनको राजीनामा माग्ने बेला आइसकेको’ भनेर अभिव्यक्ति दिएकी थिइन् ।
काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान र जसपाका धनमाया लामा पोखरेलले प्रदेश प्रमुखको अभिव्यक्ति शक्ति पृथकीकरणको सिद्धान्त, प्रचलित मर्यादा, शिष्टाचार, प्रचलित ऐन, कानून र संविधा विपरित रहेको जनाएका हुन् ।

सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया