कसैको विरोध नभइ खुशीयाली साटासाट गर्न गणतन्त्र उत्सवः महासचिव पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णयअनुसार गणतन्त्र दिवसलाई आमजनताको सहभागितासहित उत्सवका रूपमा मनाइने बताएका छन्।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले ‘गणतन्त्र उत्सवको तयारीका सम्बन्ध’मा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र दिवसका अवसरमा हुने बजेट प्रस्तुतिले विशेष प्राथमिकता पाउँदा गणतन्त्र दिवसजस्तो ऐतिहासिक पर्वतर्फ ध्यान पुग्न नसकेको महसुस गरी एमालेले भव्यताका साथ दिवस मनाउने निर्णय गरेको स्पष्ट गरे।
महासचिव पोखरेलले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरी हरेक वर्ष जेठ १५ गतेको सट्टा अर्को कुनै दिन बजेट प्रस्तुत गर्न उपयुक्त हुने धारणा व्यक्त गरे। उनले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सव, खुशी र गौरवका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै विभिन्न बाजागाजा, झाँकीसहित हर्षोल्लास र रचनात्मक कार्यक्रम आयोजना गरी यसवर्ष गणतन्त्र दिवस मनाइने उल्लेख गरे।
उनले ऐतिहासिक संविधानसभाको निर्णयसहितको फैसला स्वीकार गरेका पूर्वराजा ज्ञानेन्द्र संविधानको विपक्ष र लोकतन्त्रको विरोधमा देखिनु आपत्ति एवं खेदजनक विषय भएको टिप्पणी गर्दै यसकिसिमका संविधानविरोधी गतिविधिमा सरिक नभइ सम्मानित नागरिकका रूपमा रहन सुझाव दिए।
महासचिव पोखरेलले लोकतान्त्रिक शासन व्यवस्था विरोधी तत्वहरू सल्बलाइरहेको विद्यमान अवस्थामा गणतन्त्र स्थापनाका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीका हैसियतले विभिन्न कार्यक्रमसहित उत्सवमय वातावरणमा मनाउन लागिएको गणतन्त्र दिवसमा सहभागी हुन सबै राजनीतिक पार्टी, पेसा–व्यवसायी, नागरिक समाजसहित आमजनतासँग अनुरोध गरे।
एमाले महासचिव पोखरेलले देशमा राजनीतिक व्यवस्था परिवर्तन गर्ने काम सम्पन्न भइसकेकाले विकास र समृद्धिको दिशातर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए। एमाले सचिवालय बैठकले पार्टी नेताहरूको कार्यविभाजनसहित आमजनताको सहभागितामा भव्य एवं उल्लासमय वातावरणमा भोलि गणतन्त्र दिवस मनाउने निर्णय गरेको थियो।
















‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
१ महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया