संविधानप्रति कांग्रेस जिम्मेवार र प्रतिबद्ध छ : गगन थापा

धरान (सुनसरी)। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति नेपाली कांग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । आज धरान उपमहानगर कांग्रेस कार्यसमितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै संविधानको संरक्षण, परिमार्जन र समयानुकूल संशोधनमा पनि पार्टी अग्रसर हुनुपर्ने बताए।
उनले भने, “संविधानलाई समावेशी, न्यायपूर्ण र व्यावहारिक बनाउन आवश्यक परेमा संशोधनको नेतृत्व गर्न कांग्रेस तयार छ ।” संसद्लाई अहिलेको भन्दा अझ समावेशी बनाउनुका साथै राजनीतिक स्थायित्वका लागि एक दलले स्पष्ट बहुमत ल्याउने प्रणाली निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
उनले दीर्घकालीन समाधानका लागि दलहरूबीच गम्भीर छलफल, चिन्तन र कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै राज्यले सबै धर्म, भाषा र संस्कृतिसँग समान व्यवहार गर्नुपर्ने बताए ।
संविधानले सबैलाई बराबरी अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यको नीति त्यसै अनुसार सञ्चालन हुनुपर्ने बताए । भिजिट भिसा र सहकारी प्रकरणका सन्दर्भमा उनले तथ्य र प्रमाणको आधारमा जोकोही अनुसन्धानको दायरामा पर्न सक्ने र दोषी प्रमाणित भएमा कानुनी कारबाहीको भागेदार हुनुपर्ने धारणा व्यक्त गरे ।
















विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया