अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव, गाउँपालिकामा सार्वजनिक बिदा

पोखरा– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम (८,०९१ मिटर) हिमालको सफल आरोहणको ७५ औं वार्षिकोत्सव (हिरक महोत्सव) को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ ।
फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालबाट सन् १९५० जुन ३ (२००७ साल जेठ २०) मा पहिलोपटक अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो ।उक्त ऐतिहासिक दिनको सम्झनामा गाउँपालिकाले आगामी जेठ २० गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गत बैशाख २९ गतेको गाउँ कार्यपालिकाको बैठकबाट गरिएको निर्णय अनुसार अन्नपूर्ण गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ।यो निर्णय अनुसार जेठ १६ गते राजपत्रमा समेत सूचना प्रकाशित गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार अन्नपूर्ण दिवसलाई ऐतिहासिक र गौरवपूर्ण रुपमा मनाउन बिदा दिने निर्णय गरिएको हो ।
फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालले अन्नपूर्ण आरोहण गरेको ७५ वर्षको अवसरमा हर्जोगका छोरा र नातिको उपस्थितिमा विशेष समारोह गर्न लागिएको छ ।

















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया