संक्रमितलाई निःशुल्क अस्पताल ल्याउने अभियान शुरु

भरतपुर । कोरोना भाइरसको पहिलो लहरमा अस्थायी अस्पताल र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालन गरेको भरतपुर महानगरपालिकाले यस पटक संक्रमितलाई अस्पतालसम्म निःशुल्क ल्याउने अभियान शुरु गरेको छ । यससँगै महानगरले दुई स्थानमा आइसोलेशन तयार गर्दैछ ।
महानगर प्रमुख रेनु दाहालले दुईवटा एम्बुलेन्स संक्रमितलाई अस्पताल ल्याउनका लागि तयारी अवस्थामा राखिएको बताए । शहरी क्षेत्रकालाई भन्दा ग्रामीण क्षेत्रका संक्रमितलाई अस्पतालसम्म आउन कठिन हुने भएकाले एम्बुलेन्सको व्यवस्था गरिएको उनको भनाइ छ । उनले भने, “महानगरभित्रै कोरोना उपचारका लागि तीन ठूला अस्पताल छन् । ती अस्पतालसम्म ल्याउने व्यवस्था महानगरले गर्छ ।” सामान्य अवस्थाका संक्रमित घरमै बसेको र जटिललाई अस्पतालमै राख्नुपर्ने भएकाले यसको व्यवस्थापनमा महानगर जुटेको उनको भनाइ छ ।
प्राथमिक स्वास्थ्य केन्द्र शिवनगर र स्वास्थ्य चौकी शारदानगरमा आइसोलेशन कक्ष तयार गरिने पनि उनले जानकारी दिए । यी दुई ठाउँमा कम्तिमा ५० शय्याको आइसोलेशन कक्ष निर्माण गर्न सकिने छ । कोरोनाको उपचार गर्न तोकिएका अस्पतालहरुको शय्या भरिएमा आइसोलेशन कक्षलाई सञ्चालनमा ल्याइने उनको भनाइ छ । ती आइसोलेशन अक्सिजनसहितको सुविधा सम्पन्न हुने छन् । कोभिड–१९ को रोकथाम र उपचारका लागि महानगर प्रमुखले आफ्नै नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरेको छ ।
जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडास्थित सर्वपक्षीय समिति र टोल विकास समितिलाई समेत सक्रिय बनाई कोभिडका बिरामीहरूको पहिचान व्यवस्थापन र उपचारलाई सहज बनाउने कार्य भइरहेको महानगरले जनाएको छ । रासस
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया