रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण भ्रमणको निमन्त्रणा पठाएका छन् ।
प्रधानमन्त्रीको निमन्त्रणा पत्र रूसको भ्रमणमा रहनु भएका एमाले स्थायी कमिटीका सदस्य राजन भट्टराईले सो भेटका क्रममा महासचिव जुगानोभलाई
निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन । जवाफमा महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बचन दिएका छन् ।
जुगानोभसँगको भेटमा एमाले नेता भट्टराईका साथै प्रधानमन्त्री ओलीका आईटी विज्ञ अस्गर अली, नेपालका लागि रस्सियन फेडरेशनका महामहिम राजदूत जंगबबहादुर चौहान तथा प्रवासी नेपाली मञ्च रुसका अध्यक्ष दीनानाथ राजभण्डारीको पनि उपस्थिति रहेको थियो ।
करिब डेढ घण्टा भएको उक्त भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका बिविध बिषयमाथी छलफल भएको थियो ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
प्रतिक्रिया