शुक्रबार, जेठ २३, २०८२

कान्तिलोकपथ बुधबारदेखि चार दिन बन्द हुने

मेरोन्यूज २०८२ जेठ २० गते १२:११

बागमती।  कान्तिलोकपथ सडक चार दिन बन्द हुने भएको छ । 

मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले उक्त सडकखण्ड चार दिन बन्द हुने भएको हो । 

मकवानपुर जिल्ला प्रशासन कार्यालयका अनुसार सडक २१ देखि २४ जेठसम्म बन्द हुने छ । प्रशासनले  चार दिन सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया