आन्दोलन नरोकेसम्म राजावादी नेताहरूले पीएसओ नपाउने

काठमाडौं । राजावादी नेताहरुले आन्दोलन नरोकेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् ।
राप्रपा, राप्रपा नेपाल लगायत राजावादीहरूले संयुक्त प्रदर्शन सुरु गर्नु अघिल्लो दिन सरकारले उनीहरूलाई दिएका पीएसओहरू फिर्ता गरेको थियो। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले ब्रिफिङका लागि राजावादी दलका नेताहरूको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गरिएकाे बताएका थिए।
गृहमन्त्री रमेश लेखकले बुधबार राज्य व्यवस्था तथा सशासन समितिको बैठकमा आन्दोलन नरोकिएसम्म उनीहरूको सुरक्षामा खटिएका प्रहरी फिर्ता नहुने बताएका छन् । मन्त्री लेखकले भने, ‘हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’
प्रहरीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वगृहमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद बुद्धिमान तामाङ, राप्रपाका पूर्वअध्यक्ष एवं सांसद पशुपति शमशेर राणा, पूर्वमन्त्री एवं सांसद दीपक सिंह, पूर्वमन्त्री एवं सांसद विक्रम पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका राप्रपा सांसद ध्रुबबहादुर प्रधानलगायतका पीएसओ फिर्ता बोलाएको छ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया