संसद्को अवरोध हटाउन विपक्षी दलका सचेतकसँग छलफलमा सभामुख
मेरोन्यूज
२०८२ जेठ २१ गते १३:१६

काठमाडाैं । प्रतिनिधिसभाको अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरे सक्रिय भएका छन्। उनले अहिले संसद् भवनमै विपक्षी तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
उक्त छलफलमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार र एकीकृत समाजवादीका नेता सहभागी छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नता रहेको भन्दै विपक्षीहरूले उनकाे राजीनामा मागेका छन् ।
गृहमन्त्रीले राजीनामा दिनुका साथै यस प्रकरणकाे छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै उनीहरूले सदन अवरुद्ध गर्दै आएका छन्।
सम्बन्धित
प्रतिक्रिया