शनिबार, जेठ २४, २०८२

प्रमुख दलका सचेतकहरूसँग सभामुखको छलफल जारी

मेरोन्यूज २०८२ जेठ २१ गते १४:०२

काठमाडौं । सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख सचेतकसँग छलफल थालेका छन् । प्रतिनिधिसभाको बैठकपूर्व सभामुख घिमिरेले सदन अवरोधबारे प्रमुख सचेतकसँग छलफल गरिरहेका हुन् ।

आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियाे । तर, दलहरूबीच अझै सहमति जुटेको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नता रहेको भन्दै विपक्षीहरूले उनकाे राजीनामा मागेका छन् ।

गृहमन्त्रीले राजीनामा दिनुका साथै यस प्रकरणकाे छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै उनीहरूले सदन अवरुद्ध गर्दै आएका छन्।

Advertisement
machhapuchare

प्रतिक्रिया