शनिबार, वैशाख ५, २०८३

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

मेरोन्यूज २०८२ जेठ २४ गते २१:३६

प्रविधि अर्बपति एलन मस्कले डोनाल्ड ट्रम्पको नाम दिवङ्गत यौन अपराधी जेफ्रे एप्स्टिनको फाइलमा रहेको एक विवादास्पद आरोपलाई हटाएका छन् । बिहीवार अबेर उनले ट्रम्पका विरुद्ध ‘ठूलो बम’ खसाल्न लागेको भन्दै विना प्रमाण दिवङ्गत एप्स्टिनका हालसम्म सार्वजनिक नभएका फाइलहरूमा ट्रम्पको नाम पनि रहेको आरोप लगाएका थिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

ह्वाइट हाउसको शीर्ष सल्लाहकारको भूमिकाबाट बाहिरिएका खर्बपति प्रविधि उद्यमी मस्कले सन् २०१९ मा यौन तस्करीको आरोप खेपिरहेका बेला आत्महत्या गरेका एप्स्टिनसँग राष्ट्रपति ट्रम्पको नाम जोडेपछि दुई अधिकारीबीचको तनाव थप चुलिएको थियो । ट्रम्प प्रशासनले दशौ हजार कागजात, भिडियो र खोजी सामग्रीको समीक्षा गरिरहेको बताउँदै यसले ‘एमएजिए’ आन्दोलनले एप्स्टिनको अपराधमा संलग्न सार्वजनिक व्यक्तिहरूको पर्दाफास गर्ने जनाएको छ ।

सन् २०२४ को सुरुमा न्यूयोर्कका एक न्यायाधीशले एप्स्टिनसँग सम्बन्धित बयान र बयानको सूचीमा रिपब्लिकन नेता ट्रम्पको नाम रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पमाथि यस मामिलामा कुनै गलत काम गरेको आरोप लगाइएको छैन। बिहीबारको पोष्टमा मस्कले आफू कुन फाइलका बारेमा कुरा गरिरहेकाे भन्ने खुलाए थिएनन् र दाबीका लागि कुनै प्रमाण पेश गरेका थिएनन् ।

उनले सुरुमा आफ्नो दाबीलाई दोब्बर बनाउँदै पुन गरेको अर्को पोष्टमा लेखेका थिए, “भविष्यको लागि यो पोस्टमा चिन्ह लगाउनुहोस्। सच्चाई सामुन्ने आउनेछ। ” उनले शनिबार बिहानसम्म दुवै ट्वीट ‘डिलिट’ गरेको (हटाएको) देखिन्छ ।

प्रतिक्रिया