युक्रेनले रुसी भूभाग मान्यता अस्वीकार गर्दा युद्धको खतरा बढ्दै

युक्रेनसँग जारी द्वन्द्वबीच रुसले युक्रेनी भूभागलाई आफ्नो भागको रूपमा औपचारिक मान्यता दिन आग्रह गरेको छ । युक्रेनी पक्षले भने उक्त प्रस्तावलाई पुनः अस्वीकार गरेको छ । गत महिनाको वार्ताको पहिलो चरणमा युक्रेनले जानकारी दिएको अनुसार, यदि उसले आत्मसमर्पण नगरेमा रुसले आफ्नो सैन्य अभियानलाई अझ व्यापक बनाउने चेतावनी दिएको थियो ।
तीन वर्षदेखि जारी यो युद्धमा हजारौँको ज्यान गइसकेको छ, लाखौँ नागरिकहरू विस्थापित भएका छन्, र पूर्वी युक्रेनका शहर तथा गाउँहरूमा निरन्तर आक्रमणका कारण ठूलो क्षति पुगेको छ । रुसी नेतृत्वको धारणा रुसका पूर्व राष्ट्रपति तथा राष्ट्रिय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले हालैको सैन्य गतिविधिलाई वार्तामा आवश्यक लचकता नदेखिएको स्थितिमा दिइएको चेतावनीको रूपमा व्याख्या गरे ।
“जो वार्तामा यथार्थ स्वीकार गर्न चाहँदैनन्, तिनीहरूले त्यसको नयाँ स्वरूप युद्धभूमिमा देख्नेछन्,” उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् । रुसी सेनाले युक्रेनको दोनेत्स्क क्षेत्रमा पर्ने जोर्या नामक गाउँमा रुसी झण्डा फहराउँदै गरेको तस्बिर सार्वजनिक गरेको छ । डिनिप्रो क्षेत्रको रणनीतिक महत्त्व डिनिप्रोपेत्रोभ्स्क क्षेत्र युक्रेनको प्रमुख औद्योगिक र खानी क्षेत्र मानिन्छ । युद्धपूर्व यहाँ करिब ३० लाख जनसङ्ख्या रहेको थियो, जसमध्ये डिनिप्रो सहरमा मात्रै करिब १० लाख मानिस बसोबास गर्थे ।
यदि रुसले यो क्षेत्रमा थप प्रगति ग¥यो भने, त्यसले युक्रेनको सुरक्षा र अर्थतन्त्रमा दीर्घकालीन असर पार्न सक्ने सम्भावना रहेको विज्ञहरूको आकलन छ । सैनिक स्रोतका अनुसार, क्षेत्रको समथर भूभाग र तुलनात्मक रूपमा कम रक्षात्मक संरचना भएका कारण रुसी सेना छिटो अगाडि बढ्न सक्ने अवस्था देखिएको छ । यस क्षेत्र विशेष गरी डिनिप्रो सहर सन् २०२२ मा सुरु भएको युद्धयता निरन्तर आक्रमणको शिकार हुँदै आएको छ ।
युद्धबन्दीहरूको साटासाटको तयारी युक्रेनी अधिकारीहरूले आइतबार जानकारी दिएका अनुसार, इस्तानबुलमा भएको वार्ताबाट सहमति जुटेको एक मात्र विषय युद्धबन्दीहरूको साटासाट ‘आउँदो साता’ सुरु गरिने तयारी भइरहेको छ । यद्यपि, दुबै पक्षले प्रक्रिया अवरुद्ध गर्ने प्रयासको आरोप एकअर्कामाथि लगाएका छन् । रुसी पक्षले युक्रेनले आफ्ना मृतक सैनिकका शव लिन नमानेको आरोप लगाएको छ र विशेष ट्रकमार्फत करिब एक हजार २०० शव सिमानातर्फ पठाइएको जनाएको छ ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया