निजामती सेवा ऐन शीघ्र जारी गर्न माग

झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा प्रवाहमा सहभागी भइरहे पनि ऐनको ढिलाइप्रति खबरदारी गर्न पाखुरामा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
‘अस्तिसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका थियौँ, हिजोदेखि देशभर कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छौँ’, उनले भने।
सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको मनोबल उच्च बनाउन तथा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा वृत्ति विकास, पदोन्नति, सेवा सुरक्षा लगायतका विषय समेटिनुपर्ने आफूहरूको माग रहेको केन्द्रीय सदस्य दाहालले बताए।
कर्मचारी संगठनहरूले ऐनको शीघ्र कार्यान्वयनको माग गर्दै सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । उनीहरूले माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया