गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड
मेरोन्यूज
२०८२ जेठ २८ गते १०:५७

म्याग्दी।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक फेरि पुरानो व्यवस्थामा फर्किन नसक्ने बताएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि फर्किने कल्पना पनि गर्न नसकिने बताए ।
दाहालले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । उनले राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।
उनले जनताका समस्या बुझ्न आफूहरू जनताको घरदौलो अभियानमा रहेको बताए । उनले कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने स्पष्ट पारे ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया