गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड
मेरोन्यूज
२०८२ जेठ २८ गते १०:५७

म्याग्दी।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक फेरि पुरानो व्यवस्थामा फर्किन नसक्ने बताएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि फर्किने कल्पना पनि गर्न नसकिने बताए ।
दाहालले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । उनले राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।
उनले जनताका समस्या बुझ्न आफूहरू जनताको घरदौलो अभियानमा रहेको बताए । उनले कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने स्पष्ट पारे ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया