इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो: आफ्नो सुरक्षामा विशेष ध्यान दिनू

काठमाडौं । इजरायलको तेलअविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो सुरक्षामा विशेष ध्यान आग्रह गरेको छ । शुक्रबार बिहान इजरायलले इरानमा हवाई र ड्रोन आक्रमण गरेपछि तेलअविवस्थित नेपाली दूतावासले सूचना जारी गर्दै उक्त अनुरोध गरेको हो ।
“यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन आग्रह गरिन्छ,” नेपाली दूतावासले भनेको छ, “उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थल आसपासमै रहन अनुरोध गर्दछौँ ।”
इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोल्फजल शेखरचीले इरानले इजरायली हमलाको प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले अमेरिकाले आफ्नो संलग्नता नरहेको दाबी गरे पनि अमेरिका र इजरायल दुवैका लागि यो आक्रमण महँगो पर्ने चेतावनी दिएका छन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया