प्रधानमन्त्री र माधव नेपालबीच एमाले मुख्यालयमा भेटवार्ता हुँदै
कार्यदल बनाएर विवाद मिलाउने प्रयास

काठमाडौं । एमालेभित्र देखा परेको विवाद मिलाउन नेताहरुको दौडधुप जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच एमालेको नयाँ पार्टी मुख्यालय थापाथलीमा भेटवार्ता हुँदैछ । दुवैतर्फका नेताहरुको दबाबमा ओली र नेपालले आज निर्णायक छलफल गर्न लागेका हुन् ।
एमाले विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पहलकदमी लिएकी थिइन् । राष्ट्रपति भण्डारीले हिजो साँझ नेता माधव नेपाललाई आफ्नै सरकारी निवास शितल निवासमा बोलाएर झण्डै पौने ३ घण्टा छलफल गरिरहेका बेला ओलीले भने बालुवाटारमा नेपाल निकट नेताहरु घनश्याम भुषाल र योगेश भट्टराईलाई बोलाएर छलफल गरेका थिए ।
त्यसअगाडि हिजै विष्णु पौडेलले मेरियट होटलमा सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग संवाद गरेका थिए । ओली नेपाल पक्षलाई कारबाही गर्ने सवालमा लचिलो बनेको स्रोतको भनाई छ ।
माधव नेपाल पक्षका नेताहरू पार्टी विवाद मिलाउन माओवादी केन्द्रसँगको एकता अगाडिको २ जेठ २०७५ मा फर्किनु पर्ने अडानमा छन् । नेपाल पक्षको उक्त अडानमा अध्यक्ष ओली पछिल्लो चरणमा सकारात्मक बनेपछि अहिले नेपाल र ओलीका बीचमा संवाद हुन लागेको हो ।
गत २ जेठमा फर्किन नसक्ने ओलीको अडान र त्यही बिन्दुमा फर्किएर एमाले जोगाउनु पर्ने अडानका बीचमा सहमति खोज्न कार्यदल बनाएर समस्याको समाधान खोज्ने विषयमा नेताहरुका बीचमा सहमति नजिक कुराकानी जुटेको स्रोतको भनाई छ । तर, कार्यदल बनाउने बारेमा सहमति जुटिसकेको छैन ।
प्रधानमन्त्री ओली र नेता नेपालबीचमा अहिले संवादपछि यस विषयमा टुंगाे लाग्न सक्ने नेताहरुको भनाई छ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया