धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश
मेरोन्यूज
२०८२ असार २ गते १९:०७

काठमाडौं। जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबरालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले सोमबार उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
राजावादीहरूले गत चैत १५ गते तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले महामन्त्री राणासहितलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
यसअघि उनी हाजिरी जमानीमा रिहा भए पनि अदालतमा उपस्थित भएका थिएनन् । राणा सोमबार जिल्ला अदालतमा हाजिर भएका थिए ।
उनीसँगै हाजिरी जमानीमा रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने सम्पर्कविहीन छन् ।
सम्बन्धित
















भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया