‘गोबर गणेश’ फिल्म बनाउँदै बल्छी धुर्बे
मेरोन्यूज
२०८२ असार ३ गते १५:२८

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्म निर्माण गर्ने भएका छन् । उनले ‘गोबर गणेश’ नामक फिल्म निर्माण र निर्देशन गर्न लागेका हुन् ।
फिल्मको नाम विकास बोर्डमा दर्ता भइसकेको छ । फिल्ममा सीतादेवी तिमल्सिना र पूजन घिमिरेको अभिनय रहने तय भएको छ ।
फिल्मको कथा अहिले खुलाइएको छैन । केही समयमै फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मबारे विस्तृत जानकारी दिने उनको तयारी छ ।
फिल्मको छायांकन भदौदेखि सुरु हुने अपेक्षा गरिएको छ । ‘मेरी बास्सै’ चर्चामा आएका कलाकार मरीचमान पछिल्लो समयमा ‘हल्का रमाइलो’ र ’जुठे’ सिरियलमा देखिँदै आएका छन् ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया