शनिबार, कार्तिक २९, २०८२

१० जिल्लाका सीडीओ फेरिए, को कहाँ पुगे ? (सूचीसहित)

मेरोन्यूज २०८२ असार ३ गते १७:५०

काठमाडाैं । गृह मन्त्रालयले १० जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ ।

मन्त्रालयले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरासहित १० जिल्लामा नयाँ सीडीओ पठाएको हो ।

जसअनुसार जिल्ला प्रशासन कार्यालय गोरखामा रामुराज कडरियाको पदस्थापन भएको छ।

यस्तै भोजपुरमा सुरेश पन्थी, डडेल्‍धुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा र रोल्पामा बासुदेव दाहाललाई पदस्थापन गरिएको छ।

गृहले जिल्ला प्रशासन कार्यालय बैतडीमा पुण्य विक्रम पौडेल, सिन्धुलीमा दिनेशसागर भुसाल र डोटीमा बुद्धबहादुर गुरूङलाई पठाएको छ।

हेर्नुहाेस् सूची :

प्रतिक्रिया