जर्मनीको इजरायललाई बलियो समर्थन रहेको मर्जको भनाइ

क्यानाडामा जारी जी–७ शिखर सम्मेलनका क्रममा जर्मनीका चान्सलर फ्रेडरिक मर्जले मङ्गलबार जर्मन सञ्चारमाध्यमसँग कुरा गर्दै इरानविरुद्धको सैन्य अभियानमा जर्मनीको इजरायललाई बलियो समर्थन रहेको बताएका छन् । ’इजरायलले यो ‘फोहोरी काम’ हामी सबैका लागि गरिरहेको हो,’ जेडडीएफ प्रसारणकर्तालाई दिएको अन्तर्वार्तामा मर्जले युद्ध अलोकप्रिय भएपनि यसको सामना गर्नुको विकल्प नभएको सङ्केत गर्दै भने ।
“हामी पनि इरानी शासनको सिकार भएका छौँ । यो मुल्ला शासनले विश्वमा मृत्यु र विनाश ल्याएको छ,“उहाँले भन्नुभयो । वेल्ट टिभीसँगको अर्को अन्तर्वार्तामा मर्जले इरानमाथि इजरायलको आक्रमणले इस्लामिक गणतन्त्रको नेतृत्वको पतन हुन सक्ने पनि बताएका छन् ।
“मलाई लाग्छ, पछिल्ला केही दिनका आक्रमणहरूले मुल्ला शासनलाई निकै कमजोर बनाइसकेको छ र यो आफ्नो पुरानो शक्तिमा फर्कने सम्भावना छैन, जसले इरानको भविष्य अनिश्चित बनाएको छ,“ मर्जले भने। उनले भने, “इमान्दारीका साथ भन्ने हो भने मुल्ला शासन पुरानै अवस्थामा फर्कने कल्पना पनि गर्न सक्दिनँ ।” मर्जले भने, “सैन्य नेतृत्व र तथाकथित रिभोल्युसनरी गाड्र्सको ठूलो हिस्सा अब सक्रिय छैन, त्यसैले चीजहरू पहिलेको जस्तो हुनेछैनन्।” इरानविरुद्धको सैन्य अभियानमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्छ कि भन्ने प्रश्नमा मर्जले अमेरिकी सरकारको तर्फबाट अहिलेसम्म कुनै निर्णय नभएको बताए ।
उनले भने, “अहिले मुल्ला शासन (इरानी इस्लाम शासक) वार्ताको टेबुलमा फर्कन कत्तिको तयार छ भन्नेमा अमेरिकी संलग्नता हुने वा नहुने भन्ने धेरै हदसम्म निर्भर गर्दछ । यदि इरानी शासक वार्ताका लागि तयार नभएमा यस प्रकारका थप विकासहरू हुन सक्छन्।” इजरायलले आफ्नो शत्रुलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नका लागि इरानका विभिन्न स्थानलाई लक्षित गरी शुक्रबार आश्चर्यजनक हवाई अभियान चलाएको थियो ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो अभियानको उद्देश्य व्यापक हुन सक्ने बताएका छन् । नेतन्याहूले सोमबार इजरायलले आफ्नो अभियानमार्फत मध्यपूर्वको मुहार परिवर्तन गरिरहेको र यसले देशमा आमूल परिवर्तन ल्याउन सक्ने बताएका छन् । इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै धर्मगुरुहरूले शासन गर्दै आएका छन् र पश्चिमा देशहरूले लामो समयदेखि मानव अधिकार उल्लङ्घन र असहमतिलाई क्रूरतापूर्वक दमन गरेको आरोप लगाउँदै आएका छन्। औद्योगिक लोकतान्त्रिक मुलुक जी–७ का नेताहरूले सोमबार मध्यपूर्वमा इजरायल–इरान द्वन्द्वबाट ‘तनाव कम गर्न’ आह्वान गर्दै ‘इजरायललाई ‘आफ्नो रक्षा गर्ने अधिकार छ’ र दुवै तर्फका नागरिकको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया