बुधबार, पुष १६, २०८२

देशभर फैलियो मनसुन

मेरोन्यूज २०८२ असार ६ गते १३:५९

काठमाडौं । मनसुन देशभर फैलिएको छ ।

नेपाल प्रवेश गरेको मनसुन २३ दिनमा देशभर फैलिएको हो । जेठ १५ गते राति कोसी प्रदेशमा प्रवेश गरेको मनसुन आज सुदूरपश्चिसम्म पुगेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । गण्डकी, लुम्बिनी र कर्णालीमा सबैभन्दा बढी प्रभाव पर्ने विभागको पूर्वानुमान छ ।

यसवर्ष मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो ।

प्रतिक्रिया