प्रयोगविहीन अक्सिजन सिलिण्डर संकलन गरी अस्पताललाई वितरण

ललितपुर । कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएसँगै महानगरीय प्रहरी परिसर ललितपुरले प्रयोगबिहीन अक्सिजन सिलिण्डरहरु संकलन गरी विभिन्न अस्पताललाई वितरण गरेको छ । जिल्लाका वि भिन्न स्थानमा प्रयोगविहीन रहेका एक सय ५९ थान अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरी वितरण गरेको हो ।
संकलन गरिएका अक्सिजन सिलिण्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय गराई तत्काल अतिआवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान अक्सिजन सिलिण्डर विरामीहरुको प्रयोजनका लागि बुझाइएको छ ।
साथै ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी उपरीक्षक प्रज्वल महर्जन, राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र घरेलु तथा साना उद्योग विभागले समेतको टोलीले जिल्लामा रहेका अक्सिजन प्लान्टहरुको अनुगमन गरेको प्रहरीले जनाएको छ । स्टक एवं डम्प भई बसेका सिलिण्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउनुका साथै आमनागरिकमा यससम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरसँग समन्वय गर्न अनुरोध गरेको छ ।
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया