प्रयोगविहीन अक्सिजन सिलिण्डर संकलन गरी अस्पताललाई वितरण

ललितपुर । कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएसँगै महानगरीय प्रहरी परिसर ललितपुरले प्रयोगबिहीन अक्सिजन सिलिण्डरहरु संकलन गरी विभिन्न अस्पताललाई वितरण गरेको छ । जिल्लाका वि भिन्न स्थानमा प्रयोगविहीन रहेका एक सय ५९ थान अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरी वितरण गरेको हो ।
संकलन गरिएका अक्सिजन सिलिण्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय गराई तत्काल अतिआवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान अक्सिजन सिलिण्डर विरामीहरुको प्रयोजनका लागि बुझाइएको छ ।
साथै ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी उपरीक्षक प्रज्वल महर्जन, राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र घरेलु तथा साना उद्योग विभागले समेतको टोलीले जिल्लामा रहेका अक्सिजन प्लान्टहरुको अनुगमन गरेको प्रहरीले जनाएको छ । स्टक एवं डम्प भई बसेका सिलिण्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउनुका साथै आमनागरिकमा यससम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरसँग समन्वय गर्न अनुरोध गरेको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया