नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु
मेरोन्यूज
२०८२ असार ७ गते १७:२२

एएफपी । नाइजेरियाको दक्षिण पश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आइएसआइएस)ले गरेको सशस्त्र आक्रमणमा कम्तीमा ३४ जना सैनिकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमण बिहीबार बानी बङगौको क्षेत्रमा भएको जनाएको छ । उक्त आक्रमणमा आक्रमणकारीहरूले आठ वटा गाडी र २०० भन्दा बढी मोटरसाइकल प्रयोग गरेका थिए । आक्रमणपछि सेनाले उक्त क्षेत्रलाई सुरक्षित गर्न हवाई र स्थलबाट सर्वेक्षण सुरु गरेको बताइएको छ ।
आइएसले आफ्ना तर्फबाट जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणको जिम्मेवारी लिएको छ । मन्त्रालयले थप विवरणहरू पर्खिरहेको बताएको छ ।
यस घटनाले क्षेत्रीय सुरक्षा अवस्थाको गम्भीरता झल्काउँछ भने सुरक्षा बलहरू अझ सर्तक बन्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।
सम्बन्धित










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया