इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गर्नुभएको छ । “हामी इरानसँग कुरा गर्नेछौं र के गर्ने भनेर निर्णय लिनेछौँ”, ट्रम्पले भने, “इरानका बारेमा अमेरिकाले के गर्ने भन्ने निर्णय अहिले नै गर्न सकिँदैन।”
ट्रम्पले गत जुन १३ देखि इरानविरुद्ध इजरायलले सुरु गरेको कारबाहीमा आफ्नो देशको सहभागिताबारे दुई हप्ताभित्र निर्णय गर्ने घोषणा गनुुभएको हो । उनले भने, “इरान युरोपसँग होइन, संयुक्त राज्य अमेरिकासँग कुरा गर्न चाहन्छ, तेहरानले आणविक हतियार राख्ने वा नराख्ने भन्ने निर्णय लिन थप केही समय (दुई हप्ता) को समय पाउनेछ ।”
इजरायलले इरानमाथिको हवाई आक्रमण रोक्नुपर्ने मागलाई अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले परिस्थितिले अनुमति दिएमा इरान र इजरायलबीच युद्धविरामको समर्थन गर्न सक्ने स्पष्ट पार्दै भने, “इरानीहरू होशमा आउँछन् कि आउँदैनन् भनेर हेर्नका लागि दुई हप्ता उपयुक्त समय हो।”
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया