इरानमा विकिरणको स्तरमा वृद्धि भएको छैन – आणविक ऊर्जा एजेन्सी
मेरोन्यूज
२०८२ असार ८ गते १२:३९

अमेरिका। इरानको आणविक केन्द्रहरूमा आज भएको अमेरिकी आक्रमणपछि विकिरणको स्तरमा कुनै वृद्धि नभएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानी आणविक सुविधाहरूमा अमेरिकी आक्रमण पछि, आक्रमण स्थल बाहिर विकिरणको स्तरमा कुनै वृद्धि भएको रिपोर्टमा देखिएकाे छैन।
आज बिहान अमेरिकाले इरानमा रहेका आणविक केन्द्रमा आक्रमण गरेकाे थियाे ।
यस आक्रमणपछि इरानको आणविक सुरक्षा प्रणाली केन्द्रले एक विज्ञप्तिमा भनेको छ कि पहिले नै गरिएको तयारीका कारण यस आक्रमणबाट कुनै पनि विकिरण प्रदूषण भएको छैन।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी र यसका महानिर्देशकले एजेन्सी सदस्य इरानमाथि भएको यो आक्रमणको निन्दा नगरेको भन्दै इरानले आपत्ती जनाएको छ ।
सम्बन्धित
















राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया