इजरायलबाट फर्किन ८८५ नेपालीले टिपाए नाम

काठमाडौं । इजरायल र इरानबीच युद्ध बढेसँगै त्यहाँ कार्यरत नेपालीलाई ल्याउन सरकारले पहल थालेको छ ।
इजरायलमा रहेका नेपालीमध्ये ८८५ जनाले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन नाम टिपाएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा राणाले भनिन्, “१७ जुनमा अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरु गरिएको थियो । उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गर्नुभएको छ । विवरण दर्ता गर्ने क्रम बढ्दै गएको छ । सरकारले ती क्षेत्रहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।”
यस्तै इरानमा १६ जना नेपाली रहेको उनले बताइन् । जसमध्ये ५ जना गैरकानूनीरूपमा गएकाले जेलमा रहेका छन् । “इरानमा १६ जना हुनुहुन्छ । हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेर उहाँहरूको नागरिकसँग ११ जनालाई ल्याउने वातावरण मिलाएका छौँ । उहाँहरू मसाद भन्ने ठाउँमा हुनुहुन्छ। भोलिसम्म भारत आइपुग्नुहुन्छ,” राणाले भनिन् ।
















अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया