भिसा आवेदकलाई अमेरिकाको अनुरोध– सामाजिक सञ्जाल प्राइभेट भए पब्लिक बनाउनू
मेरोन्यूज
२०८२ असार ११ गते १८:३१

काठमाडाैं । नेपालस्थित अमेरिकी राजदूतावासले भिसा आवेदकहरुलाई आफ्नो सामाजिक सञ्जाल प्राइभेटमा राखेको भए पब्लिक बनाउन अनुरोध गरेको छ।
बुधाबर फेसबुकमार्फत दूतावासले एफ, एम वा जे श्रेणीका भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालको गोपनीयता सेटिङ ‘पब्लिक’ गर्नुपर्ने बताएको हो ।
‘प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हो’, आजैदेखि प्रभावकारी रुपमा एफ, एम वा जे श्रेणीका आप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरुलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरुको गोपनीयता सेटिङलाई सार्वजनिकमा परिवर्तन गर्न अनुरोध गरिन्छ’ दूतावासले भनेको छ ।
भिसा प्रमाणीकरण गर्नुअघि आवेदकहरूको सामाजिक सञ्जालको गतिविधि पनि अवलोकन गर्न यस्तो सूचना जारी गरिएको दूतावासले जनाएकाे छ ।

सम्बन्धित
















हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
प्रतिक्रिया