इरानले अवरूद्ध हवाई सेवा क्रमशः सञ्चालन गर्दै

तेहरान। इरानले बुधबार आन्तरिक तथा बाह्य उडानका लागि आफ्नो पूर्वी हवाई क्षेत्र खुला गर्ने घोषणा गरेको छ।
इरानको सडक तथा सहरी विकास मन्त्रालयले एक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको नागरिक उड्डयन सङ्गठनको स्वीकृति र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा मूल्याङ्कन पूरा भएपछि यो निर्णय गरिएको हो ।”
मन्त्रालयका प्रवक्ता माजिद अखवानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो कदमले हवाई यातायातलाई क्रमशः द्वन्द्वपूर्वको स्तरमा फर्काउने लक्ष्य इरान सरकारले लिएको छ ।”
इजरायलसँगको पछिल्लो द्वन्द्वपछि यात्रुको सुरक्षाको कारण देखाउँदै इरानले बिहीबार दिउँसोसम्मका लागि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानस्थगन गरेको अखवानले बताए ।
उनले भने, “हालैका घटनाक्रमलाई ध्यानमा राख्दै र यात्रु र उडानहरूको सुरक्षा सुनिश्चित गर्न यो निर्णय गरिएको हो।”
इजरायलले तेहरान र अन्य क्षेत्रलाई लक्षित गरी गरेको हवाई आक्रमणपछि इरानले जुन १३ मा आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।
















यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया