एमालेमा मिलापको प्रयास
के मिल्लान् ओली-नेपाल ?
जति सम्वादको मात्र बाक्लिएपनि निश्कर्ष भने अहिलेसम्म नेताहरुले भेटाउन सकेका छैनन्

–उपप्रधानमन्त्री तथा महासचिव इश्वर पोखरेल र नेपाल पक्षका सांसद योगेश भट्टराई र गणेश पहाडीका वीचमा छलफल ।
– महासचिव विष्णु पौडेल ,सुरेन्द्र पाण्डे र गोकर्ण विष्टका बीचमा छलफल
– राष्टपति विद्यादेवी भण्डारी र वरिष्ठ नेता माधव नेपालवीच छलफल
– प्रधानमन्त्री केपी ओली र घनश्याम भुषाल, योगेश भट्टराईका वीचमा छलफल
– प्रधानमन्त्री र गोकर्ण विष्टका वीचमा छलफल
– प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगड र माधव नेपालका वीचमा छलफल
–विष्णु पौडेल, सुवास नेम्वाङ्, विष्णु रिमाल, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई बीचमा छलफल
000
यी माथि उल्लेखित भेट सम्बाद एमालेभित्रको विवाद मिलाउन भएका केही प्रयास हुन् । तर पनि विवाद मिलिसकेको छैन । माधव नेपाल स्वंयमले विवाद मिलाउन आफनो बटमलाइन भन्दै शुक्रवार दुई बुँदे अडान दोहोराएर सार्वजनिक गरेका छन् । उनले २०७५ जेठ २ मा पार्टी फर्काउनु पर्ने र २०७७ फागुन २८ र त्यसपछिका निर्णयहरु सवै फिर्ता गर्नु पर्ने बटमलाइन अगाडी सारेका छन् ।
तर नेपालको त्यस्तो बटमलाइनमा प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म मुखै खोलेर यसै गर्ने भनेर जवाफ फर्काएका छैनन । ओलीले पूर्ववतः अवस्थामा पार्टी नफर्किने भन्दै लिएको अडान र नेपालले माओवादी केन्द्रसँग एकता अगाडीको अवस्थामा फर्काउनु पर्ने अडानले कुरो मिल्ने भन्दा दुरी वढ्ने मात्र देखा पर्न थालेपछि दोश्रो तहका सम्वादमा रहेका नेताहरुले कार्यदलमार्फत विवाद समाधानको मिलाप खोज्नुपर्ने भन्दै प्रयास जारी राख्न छोडेका छैनन ।
शुक्रवार मात्रै प्रधानमन्त्री ओलीको विशेष दुतका रुपमा उनका आर्थिक सल्लाहकार मोतिलाल दुगडले माधव नेपाल भेटे । प्रधानमन्त्री ओलीले नेपाल निकट नेता गोकर्ण विष्टलाई आफैले टेलिफोन गरी बालुवाटार निम्ताएर लामै सम्वाद गरे । विष्णु पौडेल, सुवास नेम्वाङ्, विष्णु रिमाल, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई बीचमा पनि बालुवाटारमा शुक्रबार लामै सम्वाद भयो । जति सम्वादको मात्र बाक्लिएपनि तर निश्कर्ष अहिलेसम्म भेटाउन नेताहरुले सकेका छैनन ।
यस्तो बेला २७ फागुनमा ओलीले लिन चाहेको विश्वासको मतमा नेपाल पक्षले के गर्ला अहिले सवै नेता देखि कार्यकर्तासम्मको चासो छ । नेपाल पक्षका सांसदहरुले सामुहिक राजीनामा दिने सम्मका समाचार आएपछि ओली पक्ष पनि त्यस्तो स्थिती आउन नदिन प्रयासरत देखिन्छ ।
एमालेको एकता जोगाईराख्न ओली र नेपाल दुवै नेतालाई दोस्रो तहका नेताहरुले सहमति खोजी गर्न दवाव बढाएको वढायै छन् । यदि विवाद सामाधनउन्मुख हुन सकेन भने नेपाल पक्षले विश्वासको मत ओलीलाई देलान् या सामुहिक राजीनामा देलान् ? अनुत्तरित छ । ओली पक्षले पनि यस्तो वेला नेपाल पक्षको कदमलाई कसरी लेलान् ? कुनै छेकछन्द वाहिरिसकेको छैन ।
नेपाल पक्षमा ओलीका कटु आलोचक मानिने नेताहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, रामकुमारी झाक्रीलगायतका सांसद्हरु छन् । तर नेपालपक्षका नेता योगेश भट्टराईका अनुसार नेपालपक्षले ओलीलाई विश्वासको मत दिनेछन् । नेता भट्टराईले मेरोन्युजसँग कुरा गर्दै आफ्नो पार्टीका प्रधानमन्त्री भएकाले विश्वासको मत दिने बताएका थिए ।
प्रधानमन्त्रीका अलिक कडा आलोचक मनिन्छन्, – नेता भिम रावल । उनी ओली पक्षका नेतासँगको सम्वादमा भन्दा कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग बाक्लो सम्वादमा छन् । शुक्रवार मात्रै उनले कांग्रेस सभापति शेरवहादुर देउवासँग भेटन वुढानिलकन्ठ नै पुगेको थिए । विहिवार पनि नेता नेपालसँगै देउवा भेटन रावल पुगेका थिए । यसले उनी विपक्षी गठवन्धनतिरै हिमचिम वढाईरहेका छन् ।
प्रधानमन्त्री ओलीलाई आफनो समुहले विश्वासको मत दिने/नदिने बारेमा उनको योगेश भट्टराईको भन्दा भिन्न मत देखिन्छ । उनीसँग प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेका बेला के गर्ने भन्ने जिज्ञासा राख्न खोज्दा उनी सम्पर्कमै आउन चाहेनन । नेता सुरेन्द्र पाण्डेले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने, नदिने भन्ने विषयमा अहिले छलफल चलिरहेको बताएका छन् । उनले भने,-“कुनै एक व्यक्तिको निर्णय हुदैन । यसमा समूहको निर्णय मान्य हुन्छ । नेपालपक्षले जे निर्णय गर्छ त्यहि आफ्नो पनि निर्णय हुन्छ ।” मेरोन्युजसँग कुरा गर्दै उनले अहिले छलफलको क्रममा रहेकाले अहिले नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने केही भन्न नसकिने बताए ।
प्रधानमन्त्री ओलीको चर्काे आलोचक मध्येकी सांसद हुन्, रामकुमारी झाक्रि पनि । झाक्र्री एमालेको समानुपातिक सांसद् हुन् । उनी पनि नेपाल समुहले गर्ने सामुहिक निर्णय मान्ने बताउँछिन् । उनले ओलीले पार्टी र बहुमतको सरकारलाई ध्वस्त बनाईसकेकोले अव कमजोरी स्वीकारर्ने र आफनो सरकार टिकाउने हो भने पार्टी मिलाउन आफैले पहलकदमी लिनुपर्ने बताइन् ।
नेपाल पक्षले लिने रणनीति हेरेर ओली पक्षले कदम उठाउने तयारी गरेको छ । ओली निकट नेता सुवास नेम्वाङले एउटै पार्टी भएकाले नेपालपक्षका सांसदले विश्वासको मत दिने विश्वास ब्यक्त गरेका छन् । नमिलेका विवाद मिलाउने प्रयास भईरहेकोले प्रधानमन्त्रीले विश्वासको मत लिने बेलासम्म पार्टीभित्रको विवाद मिल्ने विश्वास नेम्वाङको छ ।
यो पनि पढ्नुहोस्
नेपाल-खनाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।









छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने ८ जना पक्राउ
गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बढ्यो पेट्रोल र डिजेलको मूल्य
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
प्रतिक्रिया