बैशाख २५ मे ८ विश्व रेडक्रस दिवस

काठमाडौं । आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस । १९३ औं रेडक्रस दिवस कोभिड–१९ को महामारीमा विश्वभर समस्या भएका कारण दिवस घरमै मनाइने भएको छ ।
रेडक्रसका अनुसार आफ्ना विश्वभरका करिब २ करोड स्वयंसेवकमध्ये केही कोरोनाका कारण अस्पतालमा छन् । यसका उदाहरण हुन्, कैलाली टिकापुर रेडक्रस सोसाइटीका अध्यक्ष जगदिश पण्डित । उनी कोरोनाका कारण उपचाररत छन् ।
अध्यक्ष पण्डितले भने, “आफु सतर्क रहँदा समेत संक्रमित भएँ । सबैलाई आग्रह गर्छु सुरक्षित रहनलाई घर बाहिर नजाऔं, जानै परे स्वास्थ्य सावधानी अपनाऔं, सुरक्षित बनौं, मजस्तो पिडित बन्न नपरोस् ।”
उनले रेडक्रसको अन्तराष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासंघ र विश्वका १९० मुलुकमा सङ्गठित तथा क्रियाशील राष्ट्रिय रेडक्रस सोसाइटी रहेपनि रेडक्रसकर्मी समेत समस्यामा पर्नेमा दुइमत नभएको बताए ।
यस्तै केहीको कोरोनाका कै कारण मृत्यु समेत भइसकेको छ ।
कोभिड–१९ को परिस्थितिमा अग्रपंतिमा रही त्रासदीपूर्ण बेलामा पनि विश्वभरमा सहयोग दिने समुदायका अगुवा, रक्तसञ्चार सेवामा कार्यरत प्राविधिक र स्वयंसेवक, रक्तदाता लगायत सम्पूर्ण रेडक्रसकर्मी सहित सबै सुरक्षित हुन आवश्यक छ ।
महामारिको बेला सहयोग गरौं भनेर सन् १८६३ मा रेडक्रसको अन्तराष्ट्रिय कमिशन अर्थात आईसीआरसीका रुपमा परोपकारी संस्थाको शुरुवात भएको हो ।
मेमोरी अफ सोल्फेरिनो पुस्तक नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक जि हेनरी ड्यूनान्टको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसका रुपमा मनाइन्छ ।
वि.सं. २०२० भाद्र १९ गते नेपालमा रेडक्रसको स्थापना गरिएको थियो । नेपालमा रेडक्रसको शुरुवात त्यहींबाट भएको हो । अहिले ७७ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवा दिँदै आएको छ ।
विसं १९९०, २०४५ र २०७२ सालमा ठूला भूकम्पको मार खेपेको नेपालले गत वर्षदेखि कोभिड–१९ महामारीमा पर्दा रेडक्रस नै अग्रपङितमा खटिएको नेपाल रेडक्रस सोसाइटीका पूर्वजनसम्पर्क अधिकृत डिल्ली अधिकारीले बताए ।
मानवता, निष्पक्षता, तठस्थता, स्वतन्त्रता, स्वंसेवा, एकता र सर्वव्यापकताका साथ रेडक्रस लाग्ने उसको सिद्दान्त छ ।
पहिलो र दोश्रो विश्वयूद्धताका रेडक्रसले पुर्याएको योगदानलाई सम्झदै अहिलेको महाकालमा सबैबाट सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको छ । जसमा रेडक्रस प्रमुख नै छ ।
सोसाइटीका प्रवक्ता धर्मदत्त विडारीले गत वर्ष मात्र कोभिड १९ महामारीसँगै बाढी पहिरो, हावाहुरीबाट पिडित भएकाको रक्षाका लागि रेडक्रसको सहयोग सबैलाई जानकारी रहेको बताए । रगत नपुगेकालाई रगत उपलब्ध गराउने मात्र नभई सबै सहयोगमा तैनाथ भएको उनको दाबी छ ।
विपद् प्रभावित तथा विकासमूलक कार्यक्रमबाट धेरै व्यक्ति लाभान्वित भएको उनको भनाई छ ।
अहिले स्थानीय साझेदारहरुको सहयोगमा कोभिडको पूर्वतयारी र प्रतिकार्यमा साझा अवधारणा बनाई रेडक्रस अभियानका अंगहरु अघि बढिरहेका छन् ।
















Fire breaks out at Woodland Hotel
६ हजार किमि बढीको क्रस-कन्ट्री इलेक्ट्रिक यात्राले एथर ४५० ले तोड्यो ‘रेन्ज एङ्जायटी’
29 polling stations in Palpa ‘highly sensitive’
Gold price reaches 339,300 per tola, setting historic record
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
प्रतिक्रिया