मैले एमालेको सदस्यता नवीकरण गरिसकेँ : विद्या भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ नेकपा एमालेको सदस्यता नवीकरण गरेको बताएकी छन् ।
जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सदस्यता नवीकरणसँगै आफू एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको बताइन् ।
‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमाले मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
व्यवहारका कसीबाट खारिएका जननेता मदन भण्डारीका भनाइलाई आदर्श मानेर आफू पार्टीमा समर्पित रहिरहने उनको भनाइ थियो ।
‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन्,’ भण्डारीले भनिन् ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया