माधव नेपालका बारेमा टीका टिप्पणी नगर्न नेकपा एसको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजावादीले अध्यक्ष माधवकुमार नेपालका बारेमा टीकाटिप्पणी नगर्न निर्देशन गरेको छ ।
पतञ्जली प्रकरणमा विशेष अदालतबाट ३५ लाख धरौंटीमा छुटेमा नेता नेपालका बारेमा पार्टी भित्रबाटै टिका टिप्पणी हुन थाालेपछि यो निर्देशन जारी भएको हो।
`पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा असार २२ गते प्रेस विज्ञप्ति मार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको सर्वविदित नै छ, महासचिव घनश्याम भुषालले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, `यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेवारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ ।`
उनले अगाडि उल्लेख गरेका छन्, `पार्टीमा आफ्ना धारणा राखे विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख र कुनै पनि बहानामा सार्वजनिक वाद-प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।´

















अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया