असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने
मेरोन्यूज
२०८२ असार १६ गते १९:३०

काठमाडौँ। प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने भएको छ । नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त घोषणा गरेका हुन् ।
असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यस्तो घोषणा गरिएको उनले जानकारी दिए । ‘६० वर्षको गौरवमय इतिहास बोकेको अवसरमा हामीले चलचित्र आमाको प्रदर्शनको मितिलाई ध्यानमा राख्दै असोज १५ लाई राष्ट्रिय चलचित्र दिवसको घोषणा गरेका छौँ । यसले नेपाली चलचित्रको इतिहासलाई उत्सवको रूपमा मनाउने क्रमलाई निरन्तरता दिनेछ ।’
त्यस अवसरमा बोर्ड स्थापना भएको वर्ष विसं २०५७ सालदेखि हालसम्म प्रदर्शन भएका सर्वाधिक कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गरिएको थियो ।
सम्बन्धित













यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रतिक्रिया