गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्रीलाई

काठमाडौं। सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका दुई गायिकाले गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् ।
गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् ।
पछिल्लो समयमा आफुमाथि सामाजिक सञ्जालवाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गर्दै आएका गायिकाद्दय चौहान र अधिकारीले भेटघाट गरेर आफ्नो समस्या सुनाएका हुन् ।
गायिक चौहानले सो भेटपछि सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।’
जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् — ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म-सम्मानको रक्षा गर्न बाध्य भइ मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो। यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ।’
हिजो मात्रै नेपाल प्रहरीको साइबर ब्युरो पुगेर ४ जना ‘हिंस्रक’ बिरूद्द उजुरी गरेको जानकारी गराउँदै चौहानले आफ्नो निवेदन अनुसार अबिलम्ब कारबाही गर्न पनि माग गरेकी छिन् ।
उनीहरूले आफ्नो सामाजिक सञ्जालमा आएर जथाभावी लेख्ने, अश्लिल गाली गलौंज गर्ने बिरूद्द पनि कारबाही गर्न माग गरेको जनाइएको छ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया