सोमबार, चैत ३०, २०८२

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

मेरोन्यूज २०८२ असार १९ गते १७:५४

इन्डोनेसियाको बालीको रिसोर्ट टापुतर्फ जाँदै गरेको एउटा डुङ्गा डुब्दा बिहीबारसम्म कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीहरूले दर्जनौँको विवरण नभएको उल्लेख गर्दै अहिलेसम्म २३ जनाको जीवितै उद्धार गरिएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

इन्डोनेसियाको मुख्य टापु जाभाबाट लोकप्रिय छुट्टी गन्तव्यमा जाँदै गर्दा बुधबार मध्यरातअघि ६५ यात्रु बोकेको जहाज डुब्दा उद्धारकर्ताहरूले समुद्रमा ३८ बेपत्ताहरूको खोजी कार्य भइरहेको बताएका छन् ।

डुङ्गा प्रस्थान गरेको पूर्वी जाभाको बन्युवाङ्गीका प्रहरी प्रमुख रामा सम्तमा पुत्राले भन्नुभयो, “२३ जनाको उद्धार गरिएको छ, चार जनाको मृत्यु भएको छ ।”

साउदी अरबको भ्रमणमा रहनुभएका राष्ट्रपति प्रबोवो सुबिआन्तोले तत्काल आपत्कालीन प्रतिक्रियाको आदेश दिएका छन् । क्याबिनेट सचिव टेडी इन्दिरा विजयाले बिहीबार एक विज्ञप्तिमा दुर्घटनाको कारण ‘खराब मौसम’ रहेको बताए ।

जाभास्थित सुराबाया खोज र उद्धार एजेन्सीका प्रमुख नानांग सिगिटले एक विज्ञप्तिमा घटनाको तथ्याङ्कको पुष्टि गर्दै डुङ्गामा पुग्ने प्रयासहरू सुरुमा प्रतिकूल मौसमको अवस्थाले असहज भएको र पछि पछि हटाइएको बताए।

एजेन्सीले यसअघि ६१ जना बेपत्ता भएको र चार जनालाई उद्धार गरिएको बताएको थियो । केएमपी टुनु प्रतामा डुङ्गा प्रस्थान गरेको करिब २५ मिनेटपछि डुबेको एजेन्सीले बताएको छ । एजेन्सीको तथ्याङ्क अनुसार डुङ्गामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए ।

प्रतिक्रिया