यात्रुसँग बढी भाडा लिने थप ७ जना पक्राउ
काठमाडौँ । यात्रुहरूसँग बढी भाडा लिएर ठगी गर्ने थप ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यकामा निषेधाज्ञा लागू भएसँगै भएको छड्के जाँचका क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीबाट आएका र अत्यावश्यक काम परी उपत्यका बाहिरका जिल्ला जानु पर्ने यात्रुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई कलंकी र बसपार्क क्षेत्रबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भइ थानकोट बस्ने मनु अर्याल र उनकै छोरा अनु अर्याललाई पक्राउ परेका छन् ।
त्यस्तै, नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौंडाका नवराज घिमिरे, बिपिन सुवेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ इन्चार्ज सुन्धारा काठमाडाँैका ज्ञानेन्द्र साह पक्राउ परेका छन् । उनीहरुले धनुषा, महोत्तरी र वीरगञ्ज जाने यात्रुहरु संकलन गरी प्रति व्यक्ति पच्चिस सयदेखि तीन हजारसम्म भाडा लिने गरेको पाइएको छ । उनीहरु पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गोंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रा.लि.का कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागीराम छिनाललाई पक्राउ गरी थप कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया