पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । शनिबार अपरान्ह् भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् । कराचीको लियारीस्थित बग्दादी क्षेत्रमा छ तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो ।
उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्। कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा वहाबले करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन् ।
कराँचीका मेयर मुर्तजा वहाबले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको पुष्टि गरे । आठ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरप्रमुख मुर्तजा बहाबले जानकारी दिए । घाइतेमध्ये छ जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जना घाइतेको एसएमबीबी ट्रमा सेन्टरमा उपचार भइरहेको एआरवाई न्यूजले जनाएको छ ।
नगर प्रमुखले भने, उद्धार कार्य अझै जारी छ । टोलीहरू अरू कोही पनि भग्नावशेषमा नफसेकासुनिश्चित नहुँदासम्म काम गरिरहने छन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया