उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई
मेरोन्यूज
२०८२ असार २१ गते २१:३०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन्। आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गरेको भन्दै नेपाली यू–१६ राष्ट्रिय टोलीलाई बधाई ज्ञापन गरेका हुन् ।
“एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गर्न सफल नेपाली यू–१६ राष्ट्रिय टोलीलाई हार्दिक बधाई ! यस गौरवमय सफलताका लागि प्रशिक्षक, व्यवस्थापन समूहलगायत सबैलाई धन्यवाद”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
आज मलेसियामा भएको फाइनल प्रतियोगितामा नेपाली टोलीले सिङ्गापुरको टोलीलाई पराजित गरेको हो ।
सम्बन्धित











हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया