सिद्धलेकका जनप्रतिनिधिको तमासा, कोरोना कहरमा पार्टी कार्यालयको उद्घाटन

धादिङ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञा जारी रहेका जिल्लाहरुमा पनि निषेधाज्ञाको क्रममा कुनै सभा समारोह तथा कार्यक्रम नगर्न मापदण्ड बनाइएको छ ।
तर धादिङको सिद्धलेक गाँउपालिकाका जनप्रतिनिधिहरुले भने जिल्लाले बनाएको मापदण्डकै बर्खिलाप पार्टी कार्यालय उद्घाटन गरेका छन् । शनिबार, नेकपा एमाले ओली समूहका जिल्ला तहका नेता समेत रहेका गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष कमला शर्मा, गाउँपालिकाका ओली समूह निकटका वडाध्यक्ष, स्थानिय नेता तथा सयौँ कार्यकर्ताहरुको उपस्थितिमा एक कार्यक्रम गरी जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालबाट गाउँपालिका कार्यालय नजिकै पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
केहि समयअघि मात्र एमालेको ओली समूहले सिद्धलेकमा गाउँपालिका उपाध्यक्ष कमला शर्माको अध्यक्षतामा पार्टी कमिटी घोषणा गरेको थियो । उक्त कमिटीले शनिबार गाउँपालिकाको खर्चमा एक औपचारिक कार्यक्रम गरी पालिका नजिकैको एक घरमा पार्टी कार्यालय स्थापना गरेको हो ।
पार्टी कार्यालयको उध्घाटन कार्यक्रममा ओली समूहका जनप्रतिनिधिले वडावडाबाट कार्यकर्ता भेला गराएका थिए ।
















नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया