सिद्धलेकका जनप्रतिनिधिको तमासा, कोरोना कहरमा पार्टी कार्यालयको उद्घाटन

धादिङ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञा जारी रहेका जिल्लाहरुमा पनि निषेधाज्ञाको क्रममा कुनै सभा समारोह तथा कार्यक्रम नगर्न मापदण्ड बनाइएको छ ।
तर धादिङको सिद्धलेक गाँउपालिकाका जनप्रतिनिधिहरुले भने जिल्लाले बनाएको मापदण्डकै बर्खिलाप पार्टी कार्यालय उद्घाटन गरेका छन् । शनिबार, नेकपा एमाले ओली समूहका जिल्ला तहका नेता समेत रहेका गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष कमला शर्मा, गाउँपालिकाका ओली समूह निकटका वडाध्यक्ष, स्थानिय नेता तथा सयौँ कार्यकर्ताहरुको उपस्थितिमा एक कार्यक्रम गरी जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालबाट गाउँपालिका कार्यालय नजिकै पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
केहि समयअघि मात्र एमालेको ओली समूहले सिद्धलेकमा गाउँपालिका उपाध्यक्ष कमला शर्माको अध्यक्षतामा पार्टी कमिटी घोषणा गरेको थियो । उक्त कमिटीले शनिबार गाउँपालिकाको खर्चमा एक औपचारिक कार्यक्रम गरी पालिका नजिकैको एक घरमा पार्टी कार्यालय स्थापना गरेको हो ।
पार्टी कार्यालयको उध्घाटन कार्यक्रममा ओली समूहका जनप्रतिनिधिले वडावडाबाट कार्यकर्ता भेला गराएका थिए ।










एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
रास्वपा केन्द्रीय समिति बैठक जारी
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया