पाकिस्तानमा भारी वर्षाका कारण ११ जनाको मृत्यु

पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको डनले बुधबार रिपोर्ट गरेको छ ।
डनका अनुसार भारी वर्षाले व्यापक बाढी निम्त्याउँदा दैनिक जीवनमा गम्भीर रूपमा बाधा पुगेको छ । लाहोरमा, मुषलधारे वर्षाले तल्लो छेउछाउ र प्रमुख सडकहरू डुबानमा पारेको बताइएको छ ।
लाहोरको वाटर एन्ड सेनिटेसन एजेन्सी (वास) को तथ्याङ्कअनुसार यस क्षेत्रमा औसत ५८.८ मिलिमिटर, निश्तार टाउनमा सबैभन्दा बढी ८४ मिलिमिटर, लक्ष्मी चोकमा ७८ मिलिमिटर र पानीवाला तालाबमा ७४ मिलिमिटर वर्षा भएको छ ।
पन्जाब प्रान्तका अन्य ठाउँमा, खानवाल (५१ मिमी) रावलपिन्डी (४२ मिमी) साहीवाल (४४ मिमी), मुर्री (४१ मिमी), ओकारा (३० मिमी) र अन्य सहित विगत २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा रेकर्ड गरिएको छ । गुजरानवाला, बहावलपुर र मुल्तान लगायत अन्य धेरै सहरमा पनि वर्षाको अनुभव भएको छ ।
पाकिस्तानको आपत्कालीन सेवा, उद्धार ११२२ का अनुसार पन्जाबभरि वर्षासँग सम्बन्धित घटनामा नौ जनाको मृत्यु भएको छ ।
यसैबीच, बलुचिस्तानमा भारी वर्षा र तीव्र बतासका कारण मृत्यु र क्षति भएको छ । खुजदार र मस्तुङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको डनले जनाएको छ ।










सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रास्वपा सभापति रवि लामिछाने रिहा
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया