गाजामा इजरायली हमला : आठ बालबालिकासहित २३ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका सहित २३ जनाको मृत्यु भएको बताएको छ ।
गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो ।
एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार २९ र सोमबार १२ जनाको मृत्यु भएको बताएको छ ।
एजेन्सीका अधिकारी मोहम्मद अल–मुगैरले मध्य र दक्षिणी गाजामा बम विस्फोटको पछिल्लो लहर आएको र सबैभन्दा घातक देइर अल–बलाहमा १२ जनाको मृत्यु भएको बताउनुभयो । मृतकमध्ये आठ बालबालिका र दुई महिला थिए ।
नुसिरात शिविरमा छुट्टै आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने मध्य गाजाको बुरेज शिविरमा चार जनाको ज्यान गएको छ ।
दक्षिणमा खान युनिसको अल–मवासी क्षेत्रमा पालमा बसेका पाँच जना व्यक्ति रहेको उनले बताए ।
इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन ।










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया