गालीगलौज गर्नेकाे आइडी सार्वजनिक गर्दै गायक रामकृष्ण ढकालले भने- ‘अत्ति भयो, सहनै सकिएन !’

बारा। वरिष्ठ गायक तथा ‘गायन सम्राट’ रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कलाकारहरूलाई लक्षित गरी भइरहेको साइबर आक्रमणप्रति कडा आपत्ति जनाएका छन्।
उनले लामो समयदेखि सहन गरेका मानसिक पीडाको विवरण सार्वजनिक गर्दै केही साइबर अपराधीका प्रमाणहरूसमेत प्रस्तुत गरेका छन्।
ढकालले मंगलबार बिहान फेसबुकमा एक लामो स्टाटस लेख्दै लेखे, “अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान।” उनले समाजमा अभिव्यक्ति स्वतन्त्रताको नाममा कलाकारहरूका व्यक्तिगत जीवनमाथि चरम आक्रमण भइरहेको र त्यो अपराधको स्तरसम्म पुगेको दाबी गरे।
‘कलाकारहरू राष्ट्रका गहना र सार्वजनिक सम्पत्ति हुन् ।’ उनले लेखे, “कलाकारहरू राष्ट्रका गहना मात्र होइनन्, सार्वजनिक सम्पत्ति पनि हुन्। समाजले दिएको सम्मान र राज्यले प्रदान गरेको मान्यताको मूल्य बुझ्दै कलाकारहरू सिर्जनामा निरन्तर लागिरहेका छन्।”
ढकालले कलालाई मन नपर्न सक्ने र त्यसबारे आलोचना स्वाभाविक हुने स्वीकार गर्दै लेखे, “तर त्यो आलोचना सिर्जनासँग होस्, नकि कलाकारको व्यक्तिगत जीवनमाथि खनिएर।”
व्यक्तिगत जीवनमाथिको आक्रमण अपराध हो
ढकालका अनुसार प्रविधिको दोहन गर्दै केही व्यक्तिहरूले फेक आइडीमार्फत कलाकारहरूलाई बदनाम गर्ने, गालीगलौज गर्ने र मानसिक यातना दिने काम गरिरहेका छन्। “त्यस्ता गतिविधिले कलाकारहरूको परिवार, मानसिक स्वास्थ्य र सिर्जनामा प्रत्यक्ष असर पारेको छ,” उनले लेखे।
उनले आफूविरुद्ध बनाइएका केही फेक तथा रियल आइडीहरूको विवरण समेत सार्वजनिक गरेका छन्। तीमध्ये केही व्यक्तिहरू प्रहरीको हिरासतमा रहेको र केही अझै निगरानीमा रहेको जानकारी दिएका छन्।
साइबर ब्यूरोको सहायतामा प्रमाण बुझाएँ
ढकालले साइबर ब्यूरो र नेपाल प्रहरीप्रति आभार व्यक्त गर्दै लेखे, “यी गाली र धम्कीका प्रमाणहरू सम्बन्धित निकायलाई बुझाइसकेको छु। मर्यादा र लाजले ती शब्दहरू यहाँ उल्लेख गर्न सकिन।”
उनले कलाकारहरूमाथिको निरन्तर आक्रमणको विरुद्ध आफू पनि प्रतिरोधको अभियानमा होस्टेमा हैसे गर्दै अघि सरेको जनाए।
समीक्षा र एलिनाको साहसको प्रशंसा
गायिका समीक्षा अधिकारी र एलिना चौहानले हालै यस्तै साइबर दुर्व्यवहारको विरुद्ध आवाज उठाएको विषयलाई समर्थन गर्दै ढकालले लेखे, “तिनीहरूले देखाएको साहसलाई म सम्मान गर्न चाहन्छु। यस अभियानलाई म पनि गति दिन चाहन्छु।”
संयमित होऔं, मर्यादा नछोडौं
पोस्टको अन्त्यमा ढकालले सबैलाई संयमित हुन र सामाजिक मर्यादाको ख्याल गर्न आग्रह गरेका छन्। “हामी पनि तपाईंहरू जस्तै सामाजिक प्राणी हौं। परिस्थितिले कहिले काहीँ भुल हुन्छ, तर त्यसलाई लिएर चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन,” उनले स्पष्ट पारे।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
प्रतिक्रिया