‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं । बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म ‘बजरंगी भाईजान’, सन् २०१५ मा रिलिज भएको थियो ।
‘बजरंगी भाईजान’ भावुक र प्रभावशाली फिल्म हो । जसमा सलमान खानले एक दयालु भारतीय युवाको भूमिका निभाएका थिए । फिल्ममा उनले एक बोल्न नसक्ने पाकिस्तानी बालिकालाई भारतबाट पाकिस्तानसम्म सुरक्षित पुर्याउने भावनात्मक यात्राको कथा बुनिएको छ ।फिल्मले मानवबीचको प्रेम, करुणा, र मानवताको सन्देश दिएको थियो, जसले दर्शकहरूलाई गहिरो रूपमा छोएको थियो ।
कबीर खानको निर्देशनमा बनेको यो कथा न केवल दर्शकहरूका लागि, तर समीक्षकहरूका लागि पनि एक विशिष्ट अनुभव साबित भयो । अहिले दर्शकहरू ‘बजरंगी भाईजान– २’ को प्रतीक्षामा छन् ।फिल्मका निर्देशक कबीर खानले एक अन्तर्वार्तामा खुलासा गरेका छन् कि उनी सलमान खानसँग पुनः सहकार्यको तयारीमा छन् र ‘बजरंगी भाईजान–२’ को सम्भावना बलियो बन्दै गएको छ ।
भारतीय मिडिया पिङ्कभिल्लासँगको अन्तर्वार्तामा कबीरले भने, ‘हामीले ‘बजरंगी भाईजान– २’ को बारेमा निश्चित रूपमा कुरा गरेका छौँ । आजकल फ्रेन्चाइजहरू निकै राम्रो गरिरहेका छन्, तर हामी दुई दशकजस्तो सबैभन्दा लोकप्रिय फिल्म ‘बजरंगी भाईजान’ को सिक्वेल बनाउँदा धेरै सावधानी अपनाउँदैछौँ । हामी केवल नामको लागि सिक्वेल बनाउने पक्षमा छैनौँ ।’
उनका अनुसार, यो फिल्म उनका लागि निकै व्यक्तिगत रुपमा अर्थपूर्ण छ ।
‘म ‘बजरंगी भाईजान– २’ निर्देशन गर्न पक्कै चाहन्छु, तर त्यो सही कारणका लागि होस्, गलत कारणका लागि होइन । म केवल बक्स अफिसको कमाइको लागि होइन, तर त्यो फिल्मको विरासतलाई न्याय दिन चाहन्छु,’ कबीरले स्पष्ट पारे ।
हालै कबीर खानको निर्देशनमा बनेको फिल्म ‘चन्दु च्याम्पियन’, जसमा कार्तिक आर्यन मुख्य भूमिकामा छन्, यसले बक्स अफिसमा मध्यम प्रतिक्रिया पाएको छ ।
अब दर्शकहरूको नजर केवल एकै कुरामा केन्द्रित छ, ‘बजरंगी भाईजान– २’ कहिले घोषणा हुनेछ ?













गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रतिक्रिया