भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै

मुम्बइ । फ्यानहरूले कंगना रनौतसँग आर माधवनको जोडीलाई निकै मन पराउँछन्। दुवैले दुईवटा फिल्ममा सँगै काम गरेका थिए र दुवै तस्विर हिट साबित भएका थिए । एउटा तनु वेड्स मनु (२०११) र अर्को तनु वेड्स मनु (२०१५) को सिक्वेल हो।
दुवै फिल्ममा कंगना र माधवनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । अब १० वर्षपछि यो जोडी फेरि ठूलो पर्दामा फर्किने भएको छ । कंगना र माधवनले नयाँ प्रोजेक्टका लागि हात मिलाएका छन् ।
प्राप्त जानकारी अनुसार कंगना रनौत र आर माधवन मनोवैज्ञानिक थ्रिलर फिल्म सर्कलमा सँगै देखिनेछन् । दुबैको फर्किएपछि फ्यानहरु निकै उत्साहित छन् । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार, आगामी फिल्म सर्कल एक प्यान इन्डिया फिल्म हो, जसको सुटिङ हिन्दी, तमिल र तेलुगुमा एकैसाथ हुनेछ । करिब एक वर्षदेखि निर्माण भइरहेको यसको छायांकन अन्तिम चरणमा पुगेको छ ।
रिपोर्टका अनुसार कंगना-माधवनको फिल्मको अन्तिम दृश्य तेलंगानाको हैदरावादको जुबली हिल्सको क्लब इल्युजनमा खिचिएको थियो। यो मनोवैज्ञानिक थ्रिलर भारतका विभिन्न स्थानहरु जस्तै उटी, जयपुर, चेन्नई र हैदरावादमा छायांकन गरिएको छ । यो फिल्म टिडेन्ट आर्टका रवीन्द्रनले निर्माण गर्दैछन्, जसले शीर्षक पुष्टि गरे र कंगना रनौतको कामको पनि प्रशंसा गरे।
यो चलचित्र दर्शकले यस विधामा पहिले देखेका चलचित्र भन्दा फरक रहेको पनि निर्माताले बताए । रिपोर्टमा विश्वास गर्ने हो भने फिल्म सर्कल आफ्नो किसिमको पहिलो साइकोलोजिकल थ्रिलर रहेको बताइएको छ । जसका कारण फ्यानमा पात्र र कथालाई लिएर उत्साह बढ्दै गएको छ । कंगना रनौत र आर माधवन दुवै आफ्नो दमदार अभिनयका लागि परिचित छन्, त्यसैले फ्यानहरू यो फिल्मको रिलिजको लागि उत्सुक छन्।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया